२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

स्वाथ्यकर्मीको मनोवल उच्च राख्न राजकुमारले दिए २० थान पि.पि.ए


२३२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ३०, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९ ) बाट नगरवासिलाई जोगाउन अहोरात्र निरन्तर रुपमा खटिईरहने स्वास्थ्य कर्मीको सुरक्षाको लागि आवश्यक पर्ने २० थान पि.पि.ई उपलब्ध गराएर स्वाथ्य कर्मीको मनोवल बडाउने कार्य भएको छ ।

    राष्ट्रिय युवासंघ काभे्रका जिल्ला सह—संयोजक एवं नेकपाका काभे्र जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठले व्यक्तिगत तर्फबाट उक्त २० थान पि.पि.ई उपलब्ध गराएको हो । पाँचखाल नगरका मेयर महेश खरेलको रोहवरमा पाँचखाल नगर स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको थियो ।

    हस्तान्तरणको क्रममा नगरका मेयर महेश खरेलले नगरवासिको सहयोगको कारण पाँचखालमा मात्र नभई आसपासको क्षेत्रमा समेत कोराना भाईसरबाट जोगिन मद्धत पुगेको बताउनु भयो । उहाँले थप्नुभयो सामाजिक हितको खातिर चासो देखाउने राजकुमार श्रेष्ठ जस्ता तमाम युवाहरुको सहयोगले गर्दा आफुलाई पनि नगरको हितको खातिर कार्य गर्ने हौसला मिलेको बताउनु भयो ।

    त्यसैगरी स्वास्थ्य शाखा संयोजक उज्ज्वल अधिकारीले नगरमा रहेका सम्पुर्ण स्वास्थ्य कर्मीहरुको सुरक्षीत गर्ने आफ्नो दायित्व भएको बताउनु भयो । आफ्नो दायित्व पुर्ण गराउने बिषयमा नगरले साथ सहयोग गरीरहेको अवस्थामा स्थानिय समाजसेवी राजकुमार श्रेष्ठले उपलब्ध गराएको २० थान पि.पि.ई ले गर्दा नगरमा रहेका सवै स्वास्थ्य कर्मीहरुलाई एकएक थान उपलब्ध गराउन सहज भएको बताउनु भयो ।

    पि.पि.ई हस्तान्तरण गर्दै राजकुमार श्रेष्ठले हामीले व्यीक्तगत ढंगबाट सहयोग गर्दा स्वास्थ्य कर्मीहरुको मनोवल उच्च हुनाको साथै शुरक्षी हुन्छन भने सहयोग गर्न पछिपर्न नहुने बताउनु भयो । आफ्नो सानो सहयोगले पाँचखाल वासिको हित हुन्छ भने आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार