२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा भोलीबाट कोरोनाको परिक्षण सुरु


२१०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र ३०, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । बैदेशिक रोजगारीको क्रममा विदेशिएकाहरु आ—आफ्नो घरमा फर्किएर आएका पाँचखाल नगरवासिहरुको भोलीबाट कोरोनाको परिक्षण हुने भएको छ ।

    स्वास्थ्य कार्यालय मार्फत पाँचखाल नगरका मेयर महेश खरेललाई उपलब्ध भएकोे कोरोना परिक्षण गर्ने ४० थान किट पाँचखाल प्राथमिक स्वस्थ्य केन्द्रका प्रमुख डा.अमन दत्तलाई मेयर खरेल र पाँचखाल स्वास्थ्य शाखाका प्रमुख उज्ज्वल अधिकारीले हस्तान्तरण गर्नुभएको थियो । पाँचखाल प्राथमिक स्वस्थ्य केन्द्रका प्रमुख डा.अमन दत्तलाई किट हस्तान्तरण गर्दै मेयर खरेलले नगरमा रहेका स्वास्थ्य कर्मीहरुलाई शुरक्षीत राख्नको लागि नगरले व्यवस्था गर्ने बताउनु भयो ।

    बैदेशिक रोजगारीबाट फर्किएका साथै वाग्लुंङ, कैलाली, कञ्चनपुर र पर्साबाट पाँचखालमा आएकाहरुको स्वास्थ्य परिक्षण गर्ने तयारी गरेको पाँचखाल स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीले जानकारी गराउनु भयो । केही समय अगाडी पाँचखालमा दैदेशिक रोजगारी साथै नेपालको प्रभावित जिल्लाहरुबाट पाँचखाल आएकाहरुको नामावली संकलन भइसकेको छ, उनिहरुलाई सम्बन्धित वडाका वडा अध्यक्षहरुले भोली सोमबार पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रमा हुने कोरोना परिक्षणको लागि सुचना भईसकेको अधिकारीले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार