२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

हसिया प्रहार गरी छोराले वुवाको हत्या


२९५६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १, सोमबार मा प्रकाशित ४ साल अघि
  • कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार घरायसी विवादमा छोराले बुबाको हत्या गरेको प्रारम्भिक जानकारीमा आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पनि घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेल घटनास्थलतर्फ जाँदैछन् । बुबाको हत्या गर्ने छोरालाई इप्रका झलारीले झलारीले नियन्त्रणमा लिइसकेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार