२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अपरिचित नम्बरवाट आएको फोनले समस्या निम्त्याउन सक्ने खतरा


१७३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३, बुधबार मा प्रकाशित ४ साल अघि
  • विगत केही दिनयता विदेशको अपरिचित नम्बरबाट फोन आउने क्रम बढेकामा त्यस्ता नम्बरमा फोन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । खासगरी त्यस्ता अपरिचित नम्बरबाट एक घन्टी मात्र फोन आउने र लिङ्कसहितको म्यासेज पनि पठाएको पाइएको प्राधिकरणले जनाएको छ ।

    विगतमा पनि यस्ता अपरिचित नम्बरबाट फोन आउने गरेकामा त्यस्ता नम्बरबाट मिस्ड कल आएको देखेमा फोन नगर्न प्राधिकरणले प्रयोगकर्तालाई सुझाव दिएको छ । त्यस्तै म्यासेज नपढ्न र त्यहाँ आएका लिङ्क पनि नखोल्न प्राधिकरणले सचेत गराएको छ । प्रयोगकर्ता आफैँले फोन र म्यासेज नगरेसम्म त्यसबाट कुनै हानि नहुने प्राधिकरणले जनाएको छ ।
    विगत केही दिनयता खासगरी नेपाली भाइबर प्रयोगकर्ताको नम्बरमा यस्तो एक घन्टीमै रोकिने गरी अपरिचित नम्बरबाट मिस्ड कल आएको पाइएको छ । पछिल्ला समय नेपालमा केही कम्पनीका ग्राहकका डेटा बाहिरिएपछि त्यहाँ प्रयोग भएको नम्बरमा यस्तो फोन आएको आशङ्का गरिएको छ । प्राधिकरणले त्यसरी बाहिरिएको फोन नम्बर तथा इमेलको दुरुपयोग नगर्न पनि यसअघि सचेत गराइसकेको छ । दुरुपयोग गर्नेलाई कानुनअनुसार कारबाही अगाडि बढाइने पनि प्राधिकरणले स्पष्ट पारेको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार