२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा हिजो कोरोना भएको आशंकाका दुई युवामा कोरोना नभएको पुष्टि


२०३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ३, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे / जिल्लाको काभ्रेको आरडिटी पोजेटिभ देखिएका दुई युवाको स्वाव परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिए ।

    आरडीटी किटमा पोजेटिभ देखिएपछि उनीहरुलाई थप परीक्षणका लागि हिजो धुलिखेल अस्पताल भर्ना गरिएको थियो । बेथानचोक गाउँपालिका वडा न ५ र मण्डनदेउपुर नगरपालिका वडा न ३ का युवामा आरडीटी परीक्षणमा पोजेटिभ देखिएको थियो । उनीहरु भारत र दुवईबाट फर्किका थिए ।

    बुधबार धुलिखेल अस्पतालमा १११ जनाको स्वाव परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको झाले बताए । शुक्रराज ट्रपिकल अस्पतालबाट आएका १०६ र धुलिखेल अस्पतालका पाँच जनाको स्वाव परीक्षण गरिएको् थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार