२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डाक्टर कुट्ने डिएसपिको मिम्मेवारी चट


२३२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेशराज लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले चिकित्सकलाई कुटपिटको घटना सार्वजनिक भएपछि लम्साललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका तानिएको हो ।

    रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले लम्साललाई छानबिनका लागि रानीपोखरी बोलाइएको बताए । बुधबार साँझ भएको घटनाबारे छानविनका लागि बिहीबार बिहान एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सदस्य रहेको समिति गठन भएको थियो ।

    समितिको प्रतिवेदनका आधारमा चिकित्सक कुटपिटमा संलग्न प्रहरीमाथि कारबाही हुने भनिएको थियो । तर, समितिले अनुसन्धान थाल्नु अगावै लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार