२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

टेढ युनियन संयोजक हुमागाई द्वारा सरकार समक्ष ध्यानाकर्षण पत्र


१९७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । लकडाउनको समयमा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको विचल्ली भएको बिषयलाई मध्यनजर राख्दै सरकार समक्ष दोस्रो पटक ध्यानाकर्षण पत्र बुझाएको छ ।

    नेपाली काँगे्रस निकट श्रमिक तथा टे«ड युनियन विभागका संयोजक शिव प्रसाद हुमागाई द्वारा आज दोस्रो पटक उक्त पत्र बुझाएको हो । मुलुकमा लकडाउन जारी भए लगतै मजदुरहरुको हक हितको लागि सरकार समक्ष चैत्र १५ गते बिभिन्न १५ बुंदे सुझावहरु सहित पहिलो पटक पत्र बुझाएको थियो । सरकार समक्ष बुझाएको पहिलो ध्यानाकर्षण पत्रमा उल्लेख भएका सुझावहरु प्रति सरकारले खासै चासो नदेखाएको भन्दै पुन आज (शुक्रबार) सरकार समक्ष संक्षिप्त ध्यानाकर्षण पत्र पेस गरेको जानकारी प्राप्त भएको छ ।

    प्रधानमन्त्रीको कार्यालय मार्फत सरकार समक्ष बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख भएको छ—मुलुकमा लकडाउन लम्बिदै जाँदा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको बस्ने बास र खाने गाँस समेत नभएर सडकमा सयौं किलोमिटरको यात्रा रोज्न बाध्य हुनु परेको छ., यो कहालिलाग्दो र दर्दनाक दृश्य रोक्न, नागरिकप्रति संवेदनशिल बन्न बालबालिका, महिला, श्रमिक एवम् यात्रीहरुलाई सरकारद्वारा तत्काल गन्तव्य सम्म पुर्याउने व्यवस्था हुनुपर्छ.
    त्यसैगरी ध्यानाकर्षण पत्रमा उल्लेख भएको छ—राहत वितरण गर्दा स्थानीय निकाय भित्र रहेका मतदातासंगसंगै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक र विधार्थीहरुको समेत रेकर्ड लिई एकरुपता साथ तत्काल आवश्यक पर्ने राहत वितरण गरियोस्.। संयोजक हुमागाई द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख भएको

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार