२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

धार्मिक स्थलमा ५ जना भन्दा बढीले पूजा गर्न नपाईने


१८२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ७, आईतबार मा प्रकाशित ४ साल अघि
  • राम प्रघट कोरी

    –विजयनगर कपिलवस्तुको विजयनगर गाउँपालिकामा धार्मिक स्थलमा ५ जना भन्दा बढीले पूजा अराधना गर्न नपाईने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेको मन्दिर, मस्जिद र चर्चमा ५ जनाले मात्र पूजापाठ, नमाज पढ्न पाउने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।

    सोही ५ जनाले निरन्तर प्रत्येक दिन पूजा प्राथना गर्न पाउने उहाँले बताउनु भयो । उक्त धार्मिक स्थलहरुमा पाँच जना भन्दा बढीले प्रबेश गरेमा धर्म गुरु अगुवाई गर्ने व्यक्तिलाई नियमानुसार कारवाही गर्ने थापाले बताउनुभयो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएकोले सामाजिक दुरी कायम राख्नका लागि यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले लगाएको लकडाउनको पालना गर्नुको साथै कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी कायम गर्न सबै आग्रहसमेत गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार