२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनकोशीमा पुरुषको मृत लास


२४२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । तेमाल गाउंपालिका वडा नं ६ स्थित सुनकोशी नदी किनारामा अपरिचित पुरुष व्यक्तिको शव फेला परेको छ ।
    नदी किनारामा भेटिएको शवको एकिन नाम थर वतन नखुलेको प्रहरीले वताएको छ । हेर्दा तराई बासी जस्तो देखीने निजले लगाएको कपडाको प्रकृती हेर्दा मागी खाई हिड्ने जस्तो देखिने मृत लाश पानीमा तैरी रहेको उत्तानो अवस्थामा फेला परेको थियो ।

    स्थानियहरुले नदी किनारामा लास रहेको प्रहरीलाई जानकारी गराउना साथ प्रहरी चौकी पोखरीनारायणस्थान र प्रहरी चौकी पचुवारघाट साथै जिल्ला प्रहरी कार्यालय काभ्रेबाट घटनास्थलमा प्रहरी टोलि पुगेको थियो । घटनास्थल पुगेका प्रहरीहरुले लासलाई सुरक्षित स्थान नदी किनारमा ल्याई घट्नास्थलमा भेला जम्मा भएका स्थानियहरु समेतलाई मृतकको सम्बन्धमा बुझ्दा हाल सम्म पहिचान हुन नसकेकोले प्रारम्भिक अनुसन्धन घट्नास्थल लास जाँच प्रकृति मुचुल्का समेतको कार्य पुरा गरी मृतक लास पोष्टमार्टम एवं आफन्तहरुको खोजतलास एवं मृतक लास सनाखतको लागि शिरमेरोरियल अस्पताल बनेपामा राखेको जानकारी प्राप्त भएको छ ।

    नदी किनारामा भेटिएको मृतकले कालो ज्याकेट, घ्यू रङ्गको स्विटर, निलो टिसर्ट, भित्र सेतोमा कालो धर्का भएको सर्ट, खईरो ज्याकेट, भित्र बम भोले लेखेको टिसर्ट, सबै भन्दा बाहिर बुट्टे सल जस्तो देखिने टिसर्ट लगाई तल्लो शरिर नाङ्गो अबस्थामा रहेको निज मृतकले लगाएको ज्याकेटको गोजीमा काम नलाग्ने जस्तो सिम कार्ड तथा ब्याट्री र कभर समेत नभएको मोबाईल, कपडाको टुक्राहरु, बत्तीको बल्ब चिम, सिक्का पैसाहरु ब्रस, साबुन समेत रहेको उचाई ५ फिट ६ ईन्च भएको अनुहारको भाग पुरै कालो अबस्थामा रहेको, जिउडाल मोटो रहेको, बाटुलो अनुहार, चुच्चे नाक भएको प्रहरीले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार