२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामुदायिक रेडियो द्वारा एसइईको पुनर्ताजगी कक्षा 


१९४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ । लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो ।

    तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा आफुले सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराइले बताए । आइतबारदेखि विजयनगरमा रहेको सामुदायिक रेडियो विजयनगरबाट साँझ ४ः१० बजेदेखि ५ बजेसम्म तिन विषयको कक्षा सञ्चालन भएको छ । कक्षा सञ्चालनका लागि विषय शिक्षकले स्टुडियोबाट विद्यार्थीलाई जानकारीहरु प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जा

    ल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको भट्टराइले बताए । अङ्ग्रेजी, गणित र विज्ञान विषयको कक्षा रेडियोबाट सञ्चालन हुनेछ ।विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको हो । रेडियोले प्रसारण गर्ने कार्यक्रमबाट जिल्लाको शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र कपिलवस्तुको विजयनगर क्षेत्रका अधिकांश विद्यार्थीले लाभ लिन सक्नेछन् । परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने गाउँपालिकाको दाबी छ । गाउँपालिकाले विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै प्रविधिको प्रयोगमार्फत एसइईको तयारीलाई जारी राख्न अनुरोधसमेत गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार