२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

हिजोबाट तातोपानी नाका खुल्यो


१८२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • तातोपानी नाकावाट एकै दिन चार कन्टेनर स्वास्थ्य सामाग्री नेपाल भित्रिएको छ। आइतबार चीनवाट चार कन्टेनर स्वास्थ्य सामग्री तातोपानी भन्सार कार्यालयको सुख्खा वन्दरगाह आइपुगेको हो । सरकारले कोरोना भाइरस (कोभीड–१९) नियन्त्रणका लागि नाका संञ्चालन गर्ने निर्णयको तीन हप्ता पछि ठूलो सङ्ख्यामा स्वास्थ्य सामाग्री आएको यो पहिलो पटक हो।
    तातोपानी नाकावाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यन्न सामग्री आयाता गर्ने सरकारले निर्णय गरेपछि नाका पुन सञ्चालनमा आएको थियो। नेपाल चीन सीमावर्ती जिल्लाका अधिकारीहरुवीच छलफल पछि नाका सञ्चालन शुरु भएको थियो।
    नाकासँग जोडिएको स्थानीय तहका जनप्रतिनिधीले आफूहरुलाई जानकारी नदिई सञ्चालन गरेकोमा केही अवरोध प्रयास भएपनि स्वास्थ्य र खाद्यन्न सामाग्री भित्र्याउने सहमति गरि तातोपानी नाकाबाट सामग्री आयतमा सहज वनाइएको सीमावर्ती स्थानिय तह भोटेकोशी गाँउपालिका प्रमुख राजकुमार पौडेलले जानकारी दिए। ‘नाका सञ्चालमा आएपछि आइतवार पहिलो पटक सबैभन्दा धेरै सामान भित्रिएको हो,’ भन्सार कार्यालयका प्रमुख लालकुमार खत्रीले भने, ‘स्वास्थ्य सामग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएका छन्, यी सामाग्री तत्काल राजधानी पठाइने छ।’
    खत्रीकाअनुसार आइतवार माक्स, सेनिटाईजर, पञ्जा, आइसोलेसन वेडका सामाग्री तातोपानी आईपुगेका हुन्। उनले दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा हेल्थ सर्टिफिकेट देखाउनुपर्ने व्यवस्था रहेको पनि जानकारी दिए। सीमामा नेपाल–चीन दुवैपट्टि हेल्थ डेस्क स्थापना गरिएका छन्।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार