२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

करेन्ट लाग्दा दुईको मृत्यु सात घाईते


२५०२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्षका सानोमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    राति ११ बजे ट्रान्समिटर पड्किएर  भएको घटनामा सोही गाउँका अरु ७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्था र दुई जनाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार