२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

आगलागी पिडितको पिडामा जुटे नेकपाका नेताहरु


२५२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । पाँचखाल नगरपालिका वडा नं ५ मा सोमबार करेन्ट सर्टभई आगलागी भई पिडित भएका राम बहादुर तामाङको उद्धार कार्यमा नेकपाका नेताहरु जुटेका छन् ।

    घर जलेर ध्वस्त भएपछि गाँस वासको समस्यामा परेका तामाङको सहयोगको लागि आज (मंगलबार) बिहानै नेकपा नेताहरु जुट्नुभएको थियो । सोही क्रममा पाँचखाल नगरपालिका वडा नं ३ निवासि नेकपाका नेता तथा समाजसेवि रमेश राज गिरीमार्फत घर निर्माण गर्न छानाको लागि आवश्यक पर्ने सम्पुर्ण सामाग्री उपलब्ध गराउने बताउनु भएको छ ।
    त्यसैगरी पाँचखाल वडा नं १२ निवासी समाजसेवि धनवहादुर तामाङबाट घर निर्माणको लागि आवश्यक पर्ने सम्पुर्ण झ्याल ढोकाको व्यवस्था गर्ने जानकारी गराउनु भएको छ । त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले खाद्यान्न साथै घरपरिवारको लागि आवश्यक सम्पुर्ण लत्ता कपडाको व्यवस्था गर्ने बताउनु भएको छ ।

    पाँचखाल वडा नं ७ निवासी नेकपा काभ्रे जिल्ला सदस्य तथा राष्ट्रिय युवा संघ काभ्रेका जिल्ला सह—संयोजक राजकुमार श्रेष्ठ बाट खाद्यान्न तथा अन्य आवश्यक सम्पुर्ण सामाग्री उपलब्ध गराउने बताउनु भएको छ । साम्सद लक्ष्मण लम्सालको साथमा आउनु भएका रेडक्रस काभ्रेका रघुबर चौ प्रधानको टोलिले खाद्यान्न साथै भाँडाहरु उपलब्ध गराउनु भएको थियो । पाँचखाल वडा नं ६ का समाजसेवि गणेशलाल श्रेष्ठबाट लगाउने कपडाको साथै तरकारीहरु उपलब्ध गराउनु भएको थियो ।

    आगलागी भई पिडा भोगि रहेका पिडित परिवारलाई नेकपा पाँचखाल साथै राष्ट्रिय युवा संघ पाँचखालले थप सहयोग गर्ने जानकारी गराईएको छ । पिडितको पिडलाई साथ दिन पुगेका दानविरहरु बाट १ लाख २५ हजार भन्दा पडिको सहयोग आज जुटेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार