२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आगलागी पिडितलाई नेकपाको तर्फबाट आर्थीक सहयोग


२७४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • सुशिलराज गिरी

    काभ्रे । पाँचखाल नगरपालिका वडा नं ५ मा सोमबार करेन्ट सर्ट का कारण भएको आगलागी ले घर जलेर पिडित भएका राम बहादुर तामाङको उद्धार कार्यमा नेकपा पाँचखाल कमीटी सहित सिर्ष नेताहरु पुनःस्थापन गर्न जुटेका छन् ।
    घर जलेर ध्वस्त भएपछि गाँस वासको समस्यामा परेका तामाङको सहयोगको लागि आज (बिहिवार ) बिहानै नेकपा नेताहरु पुर्ब मन्त्री सुर्य मान दाेङ,निबर्तमान सभासद तेज बहादुर मिजार, प्रदेस सभासद लक्ष्मन लम्साल, नेकपा जिल्ला कमिटी का अध्यक्ष रुकु चाैलागाई, सचिव तथा मन्डन देउपुर नगरपालिका का मेयर टाेक बहादुर वाईबा ,रुकमनी रानामगर, अाईते सिहं तामाङ, भक्त कुमारी लामा, रबिन्द्व सिपखान लगाएतका अन्य नगरकमिटी , गाउँ कमिट, वडा कमिटी का नेताहरु जुट्नुभएको थियो भने उक्त कार्य नेकपा नेता मणीराज गाैतम काे सक्रियता मा संयाेजन तथा ब्यबस्थापन भएकाे थियाे। सोही क्रममा पाँचखाल नगरकमिटी नेकपा ले सहकर्मी पार्टी कार्यकर्ता पुनःस्थापन सहयोग स्वरुप दोस्रो पटक सहयोग नगद करिब एक लाख रुपैया घर निर्माण गर्न र आवश्यक पर्ने सम्पुर्ण सामाग्री खरिद गर्न सहयाेग उपलब्ध गराएकाे थियोे भने केही मनकारी साथीहरुबाट थप अावश्यक खाध्यन्न प्रदान गरिएको जानकारी प्राप्त भएको छ ।

    आगलागी भई पिडा भोगि रहेका पिडित परिवारलाई पुनःस्थापन गराउन नेकपा पाँचखाल साथै राष्ट्रिय युवा संघ र सिङ्गो पार्टी ले सहयोग गरेकाे र्जानकारी प्राप्त भएको छ । पिडितको पिडालाई साथ दिन पुगेका दानविरहरु बाट मङ्लबार नै करिब १ लाख २५ हजार भन्दा बडिको अावास निर्माण सामाग्री सहयोग जुटेको मा आज करिब १लाख नगद सहयोग जुटेको जानकारी प्राप्त भएको छ ।काेभिड १९ काेराेना काे कारण लकडाउन भएकाे बेला नेकपा ले अाफ्नाे पार्टी का एक सदस्य काे पीडा मा पुर्‍याएकाे याे राहत सहयाेग ले पार्टी गाउँ देखि केन्द्र सम्मै एकता भएकाे र ससक्त भएको देखिएकाे छ । सान्त्वना दिन उपस्थित नेकपा काे नेता ले राहत दिएको र सहयाेग काे प्रचार नगर्न अनुराेध समेत गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार