२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नागरिकको अबस्था बुझ्न  गाउँ-गाउँमा सांसद


२१५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख ११, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे (पाँचखाल) – बिश्वब्यापी रुपमा फैलिएको काेभिड १९ काेराेना काे कारण अाफ्ना मतदाता सरकार ले लगाएको लकडाउन काे बेला आफ्नो निर्वाचन क्षेत्रका नागरिक ले के कस्ता समस्या र पीडा भाेगि रहेका छन् भनी बुझ्न र बुद्ध बुद्धा काे स्वास्थ्य अवस्था बुझ्न बागमती प्रदेश सांसद लक्षमण लम्साल आफ्नो निर्वाचन क्षेत्रका गाउँ-गाउँ नै पुग्न थालेका छन् । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेपछिको अवस्था बुझ्न सांसद लम्साल आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन ।

    जिल्लाको पाँचखाल नगरपालिकाको १३ वडा मध्ये ५ वडामा स्थलगत अवलोकन गर्नुभएकाे सांसद लम्सालले कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय तहले गरेका काम र स्वास्थ्य कर्मीको उत्साह उल्लेखनीय रहेको बताए । उनले आफ्नो क्षेत्रको नागरिकको स्वास्थ्य र सुरक्षाका लागि आफू सहयोग गर्न सधै तयार रहेको र कुन कुरामा पहल गर्नुपर्ने हाे बुझेर समस्या समाधान गर्न तयार रहेको बताए ।

    सांसद लम्सालको निर्वाचन क्षेत्रमा धुलिखेल नगरपालिकाको ७ वटा वडा, पाँचखाल नगरपालिकाको १३ वडा, भुम्लु गाउँपालिकाको १० वडा र मण्डनदेउपुर नगरपालिकाको ५ गरी जम्मा ३६ वटा वडा पर्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार