२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

सरकार विरुद्ध आज देशभरी नेविसंघ उर्लिदै


१९११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारद्वारा जारी राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै भोलि देशभर प्रदर्शन गर्ने भएको छ ।

    विहीबार नेविसंघका अध्यक्ष राजीव ढुंगानले एक विज्ञिप्त जारी गरि अध्यादेश फिर्ता लिन माग गर्दै देशभर विरोध प्रदर्शन गर्ने लागिएको जनाकारी दिए । अध्यादेशविरुद्ध आज बैशाख १२ गते विहान ९ बजे ७७ वटै जिल्लाका प्रमुख स्थानमा संकेतिक विरोध प्रदर्शनका लागि उनले आह्वन गरे ।
    अध्यक्ष ढंगानाले सबै ठाउँमा ५ जना मात्र जम्मा भएर समाजिक दुरी कायम राख्दै लडाउनको नियम पालना गरी १० मिनेट प्याले कार्ड तथा कालो झण्डा बोेकेर मर्यादित र अनुशासित रुपमा कार्यक्रम सम्पन्न आग्रह पनि गरेका छन् ।विपत्तीको क्षणलाई पनि केपी ओली सरकारले आफू निरंकुशतर्फ अग्रसर हुन उपयोग गर्नु आपत्तिजनक भएको नेविसंघको ठहर छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार