२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

एनप्याब्सन उपाध्यक्षको शव भेटियो


२२१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए ।

    इलाका प्रहरी कार्यालय मालाखतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको टोलीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार