२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

राष्ट्रपतिले दुई अध्यादेस खारेज


२४८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी दुवै अध्यादेश खारेज गरेकी छन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्। सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएको थियो।

    राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरूखारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारले’संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ ल्याएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार