२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

बैशाख २५ गते सम्म थपियो लकडाउन


१८१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबारको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेसम्मको लकडाउन अब वैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो। कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम देखिएपछि सरकारले चैत ११ गतेबाट लकडाउन सुरु गरेको थियो । पछिल्लोपटक सरकारले वैशाख ३ गते १२ दिनको लकडाउन थपेको थियो । सरकारले यसअघि नै जेठ २ गतेसम्मलाई हवाई उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार