२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुई पत्रकारलाई प्रहरीले पक्राउ गरेपछी चौतर्फी बिरोध


२४५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • चितवन । प्रहरीले सोमबार चितवनमा दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ । भरतपुरको चौबिसकोठीमा समाचार संकलन गर्न पुगेका पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    पत्रकारको परिचय दिँदा समेत ड्यूटीमा खटेका प्रहरीले जथाभावी अपशव्द बोल्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै दुर्व्यवहार गरेको उनीहरुले बताएका छन् । प्रहरीले क्यामेरामा रहेको फोटो र भिडियो डिलिट गर्न समेत दबाव दिएको रिजालले बताए । प्रहरीले रिजालको ना ६४ प ३९८९ र अधिकारीको ना ४० प २०५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले भने प्रहरीले छाडेको छ ।

    पत्रकार माथि भएको दुरुव्यवहारको घटनाप्रति विभिन्न संस्थाहरुले बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस संगठन नेपाल चितवन, नेपाल प्रेस युनियन चितवनले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादतीको बिरोध गरेका हुन् । महासंघका अध्यक्ष राधेश्याम खतिवडा, संगठनका संयोजक प्रकाश ज्ञवाली र युनियनका अध्यक्ष अनिल ढकालले विज्ञप्ति जारी गर्दै पत्रकारहरुमाथि धरपकड गरिनु दुःखद् भएको उल्लेख गरिएको छ । त्यसैगरी चितवन जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ती जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार