२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लकडाउनमा कार्यलय जान नसकेका कर्मचारीलाई सार्वजनिक विदा दिईने


२५१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १५, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — सरकारले चैत ९ गतेपछि लकडाउनका कारण कार्यालय जान नसकेका सबै कर्मचारीहरुलाई बिदा दिने निर्णय गरेको छ । त्यसरी दिइएको बिदा कर्मचारीहरुको व्यक्तिगत बिदा कटौती नगरी सार्वजनिक बिदा सरह हुनेछ। गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार चैत ९ गतेपछि लकडाउनका कारण सरकारी कार्यालय, निकाय र उद्योगमा दिइएको बिदा सार्वजनिक बिदामा परिणत हुनेछ।

    सरकारी उद्योगका श्रमिकले पनि यही सहुलित पाउने भएका छन्। यो बिदाको अवधिलाई सम्बन्धित कार्यालय प्रमुखले हाजिरी अभिलेखमा सार्वजनिक बिदा कायम गर्नुपर्नेछ। यो अवधिमा उनीहरुको तलब लगायत खाइपाई आएको भत्ता समेत यथावत रहने गृहसचिव महेश्वर न्यौपानेले राजपत्रमा जारी गरेको सूचनामा उल्लेख छ।

    अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु लकडाउनको अवधिमा बन्द छन्। केही महत्वपूर्ण कार्यालय खुलेका छन् भने उच्चपदस्थ सरकारी कर्मचारीहरुलाई सरकारले नियमित काममा खटाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार