२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पारीबारिक विवादको कारण महिलाको मृत्यु


२२७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरधाम । सर्लाहीको हरिपूर्वा नगरपालिका–८ मा दुई परिवारबीचको झगडामा एक महिलाको मृत्यु भएको छ ।स्थानीय खोददी खातुन र सैदुन खातुनको परिवारबीचको झडामा ३५ वर्षकी सैदुन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पनि अभिभावकहरु पनि मिसिएका सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए । झगडाका क्रममा गम्भीर घाइते भएकी सैदुनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लैलाने क्रममा मृत्यु भएको उनले बताए । कुटपिटमा संलग्न पाँच जनालाई पक्राउ गरी घटनाको अन्य अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार