२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नेपालमा कोरोना संक्रमणको संख्या ५४ पुग्यो


१९२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या ५४ पुगेको जनाएको छ । मंगलबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको भन्दै संख्या ५४ पुगेको बताए ।

    टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा २४ वर्षीय पुरुष र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। ती व्यक्तिहरुलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएको छ। कोरोना संक्रमितमध्ये १६ जना निको भइसकेका छन्।

    मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ४४ हजार १९ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ८०७ परीक्षणहरु भएका छन्। दुवै विधिबाट ५४ हजार ८ सय २६ नमुना परीक्षणहरु भएका छन्। त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी १०७ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १०३ जना रहेका छन्। क्‍वारेन्टाइनमा २२ हजार ९९ जना रहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार