२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण


१७१८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चारवटा कम्पनीमा कार्यरत थिए ।‘एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने,‘उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।’

    उनले पछिल्लो तथ्याङले आफूलाई चिन्तित बनाएको बताए । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ । बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना स‌ंक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ ।

    सुन्दासका अनुसार जोखिमपंर्ण मानिएको क्याम्ममा रहेका कामदारलाई नयाँ क्याम्पमा सार्ने काम भइरहेको छ । बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार