२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आगलागिको कारण वडाा अध्धयक्षको मृत्यु


२१०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १७, बुधबार मा प्रकाशित ४ साल अघि
  • गुल्मी । आगलागीमा परेर घाइते भएका बाग्लुङको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको उपचारको क्रममा बुधबार मृत्यु भएको छ ।

    गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–४ शान्तिपुरस्थित बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चालक समेत रहेका ४५ वर्षीय खनाल घाइते भएका थिए । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पसलमा आगलागी हुँदा उनीसहित उनकी ४२ वर्षीया श्रीमती रुपा खनाल र २१ वर्षीय छोरा सन्जय खनाल पनि घाइते भएका थिए । रुपा र सञ्जयको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

    गत वैशाख ८ गते खनालको पसलमा आगलागी भएको थियो । घाइते सबै जनाको स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि पाल्पा हुँदै काठमाडौं पठाइएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार