२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

काँग्रेसद्धारा स्थानीय तहहरुमा पिपिई र मास्क वितरण


१८६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे, बैशाख १७ गते । नेपाली काँग्रेस काभ्रेले स्थानीय तहहरुमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) र मास्क वितरण गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले जिल्लाका स्थानीय तहहरु मार्फत स्वास्थ्यकर्मीहरुलाई पिपिई र माक्स वितरण गरेको हो ।

    नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम केन्द्रीय ट्रेड युनियन विभाग संयोजक शिव प्रसाद हुमागाई नेतृत्वको टोलीले पनौती, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली र भुम्लु गाउँपालिकामा पिपिई सेट र माक्स वितरण गरिसकेको छ । बाँकी रहेका अन्य स्थानीय तहलाई केही दिनभित्रमा पु¥याइसक्ने हुमागाईले जानकारी दिनुभयो । नेपाली काँगे्रसका जिल्ला सचिव दिनेश लामाले स्थानीय तह मार्फत एक स्वास्थ्य चौकी एक पिपिई सेट पुग्ने गरी हस्तान्तरण गरिरहेको जानकारी दिनुभयो । बुधबार पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने र धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्मालाई पिपिई सेट र माक्स वितरण गरेको थियो ।

    त्यस्तै मंगलबार पाँचखाल नगर प्रमुख महेश खरेल, मण्डन देउपुर नगर प्रमुख टोक बहादुर वाइबा, भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर र चौँरीदेउराली गाउपालिका अध्यक्ष दिनानाथ गौतमलाई हस्तान्तरण गरिएको थियो । वितरण कार्यक्रममा संविधान सभा सदस्य तीर्थ लामा, नेपाली काँग्रेस जिल्ला सचिव दिनेश लामा, क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाई क्षेत्रिय सचिव गुणराज मुक्तान, नेपाली काँगे्रस पनौती नगरसभापति रामशरण भण्डारी, ट्रेड युनियन काँग्रेसको जिल्ला उप–अध्यक्ष सन्तोष गौतम, सचिव नारायाण सापकोटा, नेपाल शिक्षक संघका अध्यक्ष राजेशराज महत लगायत सहभागी थियो ।

    स्वास्थ्यकर्मीहरु कोरोनाको उच्च जोखिममा रहेकोले उनिहरुको सुरक्षार्थ काभ्रेको सबै स्वास्थ्य चौकिमा पुग्ने गरि पिपिई र मास्क वितरण गरेको केन्द्रीय सदस्य हुमागाईले बताउनुभयो । साथै यो सामाग्री पर्याप्त नभए पनि यो संकटको घडीमा काँग्रेस पार्टीको तर्फबाट मायाको चिनोको रुपमा ग्रहण गर्न स्थानीय तहको प्रमुख हरुलाई हुमागाईले आग्रह गर्नुभयो । स्वास्थ्य सामग्री बुझनुहुँदै पनौती नगरप्रमुख भीम न्यौपानेले नगरले सबैलाई समेटर विपत्तको सामाना गरिरहेको जानकारी दिनुभयो । उहाँले नगरले स्थापना गरेको खाद्य बैङक (पूmड बैङक) मा ३० लाख बराबरको सहयोग जम्मा भएको र २२ सय घरपरिवार राहत वितरण गरेको जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार