२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

भारतमा कोरोना संक्रमित ३३ हजार


२१४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १८ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७४ पुगेको छ ।

    मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने एक हजार सात सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

    सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४३२ जना मानिसको मृत्यु भइसकेको छ ।त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण देखिँदा १९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा पनि दुई हजार ५०० भन्दा बढीमा यसको संक्रमण देखिँदा एक सय २९ जनाको मृत्यु भइसकेको छ ।

    भारतको उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ३९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि ७५८ जनामा भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा ३९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा आठ हजार ३२५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार