२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

तरकारी आयातमा प्रतिबन्ध


२०३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • १८ वैशाख, रामेछाप । विश्वभरि फैलिएको कोरोनाको संक्रमण रोकथामका लागि रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट मानिसहरुको प्रवेशलाई पूर्णरुपमा रोक लगाउनेसमेत निर्णय भएको छ । बैठकमा प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले भारतसँग सिमाना जोडिएका जिल्लाका मानिसहरु तथा अन्य सामग्रीसमेत जिल्ला प्रवेशमा बन्देज गर्नुपर्ने बताए ।

    बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले नेपालमा कोरोना संक्रमण फैलियो भने धान्नै नसकिने भन्दै लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने बताए । जिल्लाका सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु सहभागी रहेको बैठकमा पालिका प्रमुख तथा अध्यक्षहरुले स्थानीय प्रशासनले अझ समन्वयकारी भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार