२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महोत्तरीमा एक सातामा ६ को रहस्यमय ढंगबाट मृत्यु


२१५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • १८ वैशाख, काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकामा एक सातायता ६ जनाको रहस्मय मृत्यु भएको छ ।

    बिहीबार थप दुई जना स्थानीयको मृत्यु भएसँगै भंगाहा-७ मा एक सातायता मृत्यु हुनेको संख्या ६ पुगेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

    महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीका अनुसार बिहीबार स्थानीय  ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सुकदेव महाराको मृत्यु भएको छ । यसअघि मंगलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको थियो ।

    एक साताभित्रमा ६ जना मृत्यु भइसके पनि उनीहरुको मृत्युको  कारण भने पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । ६ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

    प्रहरी उपरीक्षक अधिकारीले भने, ‘मृतक दुवै जनाको शवको पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि मात्रै उनीहरुको मृत्युको कारण खुल्न सक्छ । कोरोना परीक्षणका लागि समेत दुवै जनाको स्वाबको नमुना संकलन गरिएको छ । ‘ अधिकारीका अनुसार उक्त क्षेत्रबाट घरेलु मदिरा उत्पादन गर्ने चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार