२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

बेरोजगारीलाई सरकारले रोजगारी दिने


३१४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख १९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के मैनाली
    काठमाडौ । विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईसरबाट जोगिनको लागि सरकारले गरेको लकडाउनको कारण बेरोजगार भएका मजदुरलाई सरकारले रोजगारी दिने भएको छ ।

    ०७७ बैशाख १४ गते बसेको नेपाल सरकार मन्त्रीपरिषदको वैठकबाट बेरोजगारी मजदुरलाई रोजगारी दिने निर्णय भएको हो । सो निर्णयमा उल्लेख भएको छ, असंगठित क्षेत्रमा कार्यरत रहि हाल रोजगारी वा काम विहिन भएका श्रमिकलाई स्थानिय तह, प्रदेश वा संघिय कार्यालयबाट संपादन हुने सार्वजनिक काममा लगाएर रोजगारी दिने निर्णय भएको छ ।


    स्थानिय तहले निर्धारण गरेको ज्यालादरको आधारमा मजदुरलाई नगद वा खादान्न व्यवस्था गर्न सकिने भएको छ । त्यस्ता मजदुर परिवारको लगत तयार गर्ने उल्लेख गरेको छ । त्यसैगरी बेरोजगारकै कारण छाक टार्न समस्या भएकाहरुले राहज माग गर्न आउने क्रममा स्थानिय तहको रोजगार सेवा केन्द्रमा सुचिकृत गराउने निर्णय भएको छ । यदि बेरोजगार मजदुरलाई रोजगारी दिन चाहदा चाहदै पनि रोजगारी हुन नचाहनेलाई राहतको २५ प्रतिशत मात्रै उपलब्ध गराउने निर्णय भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार