२०८० जेष्ठ २२, सोमबार | Mon, 05, Jun, 2023

लकडाउनमा प्रहरीले गर्‍यो घरेलु मदिरा नष्ट


१२५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • सुसिल राज गिरी

    काभ्रे – पाँचखाल सगं सिमा जाेडिएकाे धुलिखेल नगरपालिका वडा नं. अाठ र पाँचखाल नगरपालिका प्रबेस द्वार पाँच र छ नं. वडा भित्री खाेलिएका चिया भट्टी पसलले लकडाउन उल्लंघन गरेकाे र भिड गरि संक्रमणकाे जाेखिम बढाएको जानकारी प्राप्त भए संगै खावा प्रहरीले करिब सय लिटर मदिरा नियन्त्रणमा लिएको छ ।

    सरकारले लगाएकाे लकडाउन उल्लंघन गरेर जाेखिम बढाएकोले अति अावश्यक बाहेकका खाेलिएकाे भट्टी पसल लाई चेतावनी दिई बन्द गराएकाे र केही भट्टी पसल बाट घरेलु मदिरा नियन्त्रणमा लिई कारबाही गरिएको जानकारी प्राप्त भएको छ।

    प्रहरी मेराे साथी समुदाय प्रहरी साझेदारी भन्ने प्रहरी सिद्धान्तका साथ खावा प्रहरी चाैकिका ईन्चार्ज श्रीकृष्ण दासको नेतृत्वमा पाँचखाल काे ५ र ६ तथा धुलिखेल काे ८ नं. वडा बाट लकडाउन उल्लंघन गरेका र बिक्रीका लागि लैजादै गरेको घरेलु मदिरा जफत गरि ल्याईएकाे प्रहरी हवल्दार प्रद्वम्न कुमार भारती ले जानकारी गराउनुभयाे ।
    उक्त मदिरा पाँचखाल पाँचका वडा अध्यक्ष बालकृष्ण सापकोटा, जनप्रतिनिधिहरु, प्रत्रकार, स्थानिय समाजसेवीहरुको सहभागितामा पाँचखाल न.पा.वडा नं. ५ मा नष्ट गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु