२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

नेपालमा कोरोना संक्रमितको संख्या ७५,एउटै टोलका १५ जना


१८५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — आइतबारमात्रै ९ जना संक्रमित देखिएको नेपालगञ्‍जमा थप ६ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला छन् ।

    नेपालगञ्‍जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा नेपालगञ्‍ज उपमहानगरपालिका ८ का ६ जनामा संक्रमण देखिएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

    मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा. विनोद कुमार गिरीले पनि थप संक्रमित देखिएको पुष्टि गरे । शनिबार महेन्द्रपार्क टोलका एक ६० वर्षिय पुरुषमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा अन्यको परीक्षण गरिएको थियो । आज संक्रमण देखिएका सबै १५ जना एउटै टोलका हुन् । आइतबार थप ६० जनाको स्वाब संकलन गरिएको पनि डा. गिरीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार