२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

लागु औषध कारोबारमा एकै घरका तीन सहित पाँच पक्राऊ


२५२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • २२ वैशाख, परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा लागूऔषधसहित आज ५ जना पक्राउ परेका छन् ।

    प्रहरीले एकैघरका तीनसहित पाँचलाई जिल्लाको रामग्राम नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, परासीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार, गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रामग्राम–१० को एक घरमा लुकाइराखिएका अवस्थामा ७ सय ग्राम गाँजा बरामद गरेको छ । गाँजा लुकाइछिपाइ राखेको अभियोगमा एकै घरका तीनसहित चार जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा ४५ वर्षीया मीना कुर्मी, उनका छोरा २२ वर्षीय नरेश र २४ वर्षीय मुकेश तथा रामग्राम–६ का ४५ वर्षीय प्रेम अग्रहरी छन् । यसैगरी रामग्राम–१२ पचगाँवाबाट लागुऔषधसहित चितवनको भरतपुर महानगरपालिका–१० का ३४ वर्षीय भगवाल घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले जाँच गर्ने क्रममा घलेले बोकेको झोलाबाट नुफिन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल र फेनरागन १५० एम्पुल बरामद गरेको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार