२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कटुवा पेस्तोल सहित तीन लाई प्रहरीले झ्याप


१८१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • २२ वैशाख, कैलाली । धनगढी उपमहानगरपालिका–७ देवरियास्थित जाखोरताल जंगलबाट कटुवा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) का प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी–१२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र २५ वर्षीय विनोद कुँवरलाई पेस्तोलसहित आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    प्रहरीले उनीहरुको साथबाट पेस्तोलमा प्रयोग गरिने एक थान गोलीसमेत बरामद गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान थालिएको बताइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार