२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

च्याउ खाँदा पाँच विरामी


१८२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • २२ वैशाख, तनहुँ । तनहुँमा घर नजीकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो ।

    तीन जना मध्ये बुबा कृष्ण र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको र दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ । त्यसैगरी ४० वर्षीया श्रीमती गौरी तथा छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार