२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सीमामा खटिएका असईको मृत्यु


१६३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • २२ वैशाख, सप्तरी । लकडाउन कार्यान्वयन गराउन नेपाल भारत सीमामा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ ।

    भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो । उनी ड्यूटीमा खटिएकै बखत उनको मृत्यु भएको सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालले जानकारी दिए ।

    उनका अनुसार कार्की ड्यूटी गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो । ‘अन्य कारण अहिले खुल्न सकेको छैन’ उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार