२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय


२३४६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं, वैशाख २४ गते । सरकारले जारी बन्दाबन्दी (लकडाउन) आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले लकडाउन जेठ ५ गतेसम्म थपिएको आफ्नो फेसबुकपेज मार्फत सूचना सार्वजनिक गर्नुभएको छ ।

    चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दी पटक पटक थपिदै भोलि बिहीबार सकिदै थियो । हिजो प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुक्र्त भएको निश्कर्ष निकालेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार