२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

राहत वितरनमा विवाद हुंदा गाउंपालिका अध्यक्ष लाई हातपात


१६४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • डडेल्धुरा: राहतको विषयलाई लिएर डडेल्धुरा गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लमाथि हातपात भएको छ । गाउँपालिकाको विविध विषयमा वडा अध्यक्षसँग छलफलका क्रममा समूहमा आएका चक्चुधारी युवाले आक्रमणको प्रयास गरेको अध्यक्ष मल्लले जानकारी दिए ।

    डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ललाई हातपात गर्नुका साथै उनको बस्ने निवासमा समेत तोडफोडा गरिएको वार्ड नं २१ का अध्यक्ष चेतराम भट्टले बताए । राती ८ बजे चारजनाको समूहले गाउँपालिका अध्यक्षको निवासमा तोडफोड गरेका हुन् । कोरोना भाइरसका कारण भएको लकडाउनमा वितरण गरेको राहतमा असुन्तुष्टि जनाउँदै ती युवाले गालिगलौज गरी निवास समेत तोडफोड गरेको गाउँपालिका अध्यक्षको भनाई छ।

    स्थानीय ४ जनाले मदिरा सेवन गरेर आफ्नो निवासमा तोडफोड गरेका अध्यक्ष मल्लले जानकारी दिए । राहतको विषयलाई लिएर विवाद गरेको र भोलि आउनु छलफल गरौला भनेर पठाउँदा बाहिर गएर तोडफोड गरेको उनको भनाइ छ । तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गन्यापधुरा कै स्थानीय चन्द्रे कार्की, डम्बर कार्की र टेकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

    गाउँपालिकाका अध्यक्षमाथि दुव्र्यवहार भएको खबरपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।उनीहरूको साथबाट २ थान चक्कुसमेत बरामद गरिएको छ । अध्यक्ष मल्लसँग कुरा गर्न गाउँपालिकासम्म गएको तर हातपात नगरेको युवाहरूको दावी छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार