२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ग्यास लिक हुँदा ८ जनाको मृत्यु


२२३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • २५ वैशाख, काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी कमिसनर आरके मीनाका अनुसार, तीन जनाको घटनास्थलमै र बाँकी पाँच जनाको किंग जर्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अहिलेसम्म ग्यास के कारणले लिक भएको हो भन्ने खुल्न सकेको छैन । प्लान्टको व्यवस्थापनविरुद्ध मुद्दा दायर गरिएको छ ।

    प्रहरीले आसपासका ५ गाउँ खाली गरेको छ । उनीहरुलाई मेघाद्री गेड्डा र अन्य स्थानमा सारिएको छ । धेरै मानिसले आँखा पोल्ने र सास लिन गाह्रो भइरहेको बताएका छन् । विशेषगरी वृद्धि र साना बालबालिकामा श्वासप्रश्वासको समस्या देखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत यस विषयमा अधिकारीहरूसँग छलफल भइरहेको बताउँदै सबै सुरक्षित र स्वस्थ रहून् भन्ने कामना गरेका छन् ।

    स्थानीय समयअनुसार, बिहान साढे तीन बजे यो घटना भएको बताइएको छ । यो ग्यास प्लान्टबाट तीन देखि पाँच किलोमिटरसम्म फैलिएको अनुमान छ । यो प्लान्ट एलजी पोलिमर्स इन्डिया प्रांइभेट लिमिटेडको हो । जिल्ला अधिकारी विनय चाँदका अनुसार दुर्घटनामा करिब दुई सय मानिस बिरामी परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार