२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

७ हजार नेपालीलाई मलेसिया छाड्न निर्देशन


२५६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    काठमाडौँ — मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न निर्देशन जारी गरेको छ ।

    मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्‍वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सिधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ । मलेसियाको एमओसीमा आगामी मे १२ देखि सकिँदैछ । फिर्ता हुन चाहनेले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको दूतावासले जनाएको छ । उनीहरुले कुनै जरिवाना भने भुक्तानी गर्नुपर्ने छैन ।

    मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने बताए । ‘यो आममाफी होइन’,उनले भने,‘जनवरी १ यताका भिसाको म्याद सकेका कामदारलाई मात्रै स्वदेश फिर्नको लागि सहजीकरण गरिदिएको हो ।’ उनका अनुसार भिसाको म्याद र करार अवधि समाप्त भएर स्वदेश फिर्न चाहनेको संख्या झण्डै ७ हजार छ । दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ ।

    एमओसी सुरु हुनुभन्दा अगाडि वा सुरु भएपछि भिसाको म्याद समाप्त भएका कामदारको नवीकरण गर्नुपर्ने भएमा एमओसी समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार