२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ओलीलाई हटाउन खोजे एकता भंग हुन्छ-नेम्वाङ


२०४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • २५ वैशाख, काठमाडौं । पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटी सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटीकै एक प्रभावशाली सदस्य सुवास नेम्वाङले भने संसदीय दलको कार्यालयमा बसेर बैठकको औचित्य र आवश्यकता नरहेको बताउँदै थिए ।

    नेकपा संसदीय दलका उपनेता नेम्वाङ प्रधानमन्त्री केपी ओलीको ‘किचन क्याबिनेट’का सदस्य मानिन्छन् । प्रायः हरेक दिन प्रधानमन्त्रीसँग भेट्ने थोरैमध्येका एक नेता उनी अध्यादेशको भने विपक्षमा थिए । उनले प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिनसमेत सुझाव दिएका थिए ।

    त्यही अध्यादेशकै कारण चर्किएको विवादले गर्दा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र राजीनामा नदिए दुवै पदबाट हटाउने चेतावनी स्थायी कमिटीका केही नेताहरुले दिइरहेकै बेला नेम्वाङले भने नेकपाका दुवै अध्यक्षलाई महाधिवेशनअघि कुनै पनि बहुमतले हटाउन नसक्ने दाबी गरेका छन् ।

    नेम्वाङले भने, नेपाल कम्युनिस्ट पार्टीका एकता टुंगिएको छैन । महाधिवेशनभन्दा अघि केपी ओली वा प्रचण्ड कुनै पनि एक अध्यक्षलाई हटाउने वा राजीनामा माग्ने कुराले पार्टी एकता भंग हुन्छ र कुनै पनि बहुमतको नाममा अध्यक्ष हटाउनै मिल्दैन । चाहे प्रचण्डको राजीनामा माग्नुस्, चाहे केपी ओलीको राजीनामा माग्नुस् । त्यसको अर्थ के हुन्छ ? पार्टीको एकता नचाहेको हुन्छ

    दुबै संविधानसभाका अध्यक्षसमेत रहीसकेका नेम्वाङले जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्रीको राजिनामा मागेर अस्थिरताको बिउ रोप्ने कार्य स्वीकार्य नहुने भन्दै महाधिवेशन र अर्को निर्वाचनबाट ओली दुवै पदमा पुनः नदोहोरिने दावी समेत गरे । उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले प्रष्टरुपमा, प्रष्ट शब्दमा भनिराख्नुभएको छ,म एउटै कक्ष दोहोर्‍याइराख्ने व्यक्ति होइन । अर्थात महाधिवेशनपछि महाधिवेशनपछि फेरि अध्यक्ष हुने कुनै चाहना छैन ।

    फेरि प्रधानन्त्री हुने पनि चाहना छैन । यस्तो अवस्थामा जनताको जनादेश विपरीत, जनता र कार्यकर्ताका चाहना विपरीत प्रश्न उठ्ने ढंगले यस्ता काममा हामी किन लाग्ने ? नेम्वाङले भने ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार