२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बाघले झम्टदा जनप्रतीनिधि गम्भिर घाईते


१७१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • २५ वैशाख, गुलरिया । बाघको आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो करिब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासी आक्रमण गरी उनलाई घाइते बनाएको हो ।

    आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पुर्‍याइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार