२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सरकारको विरुद्ध विद्यार्थीहरु रिले अनसनमा बस्ने


१७९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले नेपाल सरकारले स्वदेश फर्काउन पहल नगरेको भन्दै शुक्रबारदेखि रिले अनसन शुरु गर्ने चेतावनी दिएका छन् ।

    बंगलादेशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि एक महिना अघिदेखि स्वदेश फर्काउन नेपाल सरकारलाई आग्रह गर्दै आएका थिए । विद्यार्थीहरुले आफूहरुको मागको सरकारले वेवास्ता गरेको भन्दै शुक्रबारदेखि अनसन शुरु गर्ने चेतावनी दिएका हुन् ।

    बंगलादेशमा रहेका कलेज समेत आगामाी सेप्टेम्बर सम्मका लागि बन्द भएका छन् । आफूहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनीहरुले चाँडोभन्दा चाँडो स्वदेश फर्काउन आग्रह गर्दै आएका छन् ।

    बंगलादेशको ढाकास्थित नेपाली दूतावासमा स्वदेश फर्कन चाहने ८ सय ९८ जना नेपालीको विवरण समेत संकलन गरिएको छ । विदेशी भूमीमा रोग र भोकको त्रासमा अलपत्र रहँदा समेत सरकारले उद्धार नगरेको भन्दै विद्यार्थीहरुले अनशन बस्ने निर्णय गरेको बंगलादेशमा रहेका नेपाली विद्यार्थी नवीन यादवले बताए । विद्यार्थीहरुले आज देखि  अनसनको  बस्ने चेतावनी दिएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार