२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

सामान्य विवादमा बुवा आमाको हत्या


१४३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २६ वैशाख, तेह्रथुम । फेदाप गाउँपालिका-५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।

    सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।  कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नम्बरमा फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

    घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ । कञ्चनले १०० नंम्बरमा फोन गरेसँगै उनको पिछा गरिरहेको र भाग्दै गरेको अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए । घटनास्थलमा सम्दु प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमल तोलाङको टोलीले सुरक्षा दिइरहेको प्रहरी निरीक्षक दाहालले बताए ।

    घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली शुक्रबार त्यसतर्फ जाने र मृतकको शव परीक्षण गर्न अस्पताल लगिने प्रहरीले जनाएको छ । मृतकका सात महिनाकी छोरी छिन् । नाबालक छोरी मृतकका दाजु देवबहादुर फोम्वोसँग रहेका वडाध्यक्ष टेकबहादुर घिसिङले बताए ।–

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार