२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सरकारले ठोस निर्णय नगर्दा नेपालीहरु अलपत्र परेका छन्-भट्टराइ


१५१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • २६ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा सरकारले लकडाउनबाहेक केही राम्रो गर्न नसकेको बताएका छन् ।

    शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै समाजवादी पार्टीका नेता भट्टराईले अरुले जस्तै नेपालले पनि लकडाउन गर्नु बाध्यता भएको बताए । सरकारले विदेशमा भएका नेपालीहरुलाई नआउन भनेको तर उनीहरु समस्यामा पर्न थालेको उनले सुनाए ।

    भारतको गोवामा सरकारले नेपालीहरुलाई ‘घर जाऊ’ भनेको सुनाउँदै उनले अघि भने, ‘हाम्रो सरकारले ठोस निर्णय गर्न सकेको छैन । नेपालीहरु अलपत्र परेका छन् ।’‘अहिले एउटा भिडियो भाइरल भएको छ, यसबाट पनि हाम्रो आत्मा पग्लिएन । आँखाबाट आँसु आएन भने हामीले आफैंलाई सोध्नुपर्छ, हामी मानव हौं कि होइनौं ?’

    भट्टराईले उल्लेख गरेको भिडियो भारतको क्वारेन्टाइनमा राखिएका नेपालीहरुमाथि भएको हप्कीदप्कीको हो । उक्त भिडियोमा भारतीय अधिकारीहरुले नेपालीहरुलाई हामीले बोलाएर आएको हो ? तिमी आफैं आएका हौं । तिमीलाई हामी कसरी पाल्न सक्छौं ? जहाँ जान्छौ जाऊ भनिएको छ । तर नेपालीहरुले हात जोडेर म कहाँ जाऊँ ? बस्न देऊ भनिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार