२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

क्‍वारेन्टाइनबाट १९ बेपत्ता


१७१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजस्थित कोसी निमाविस्थित  क्वारेन्टाइनको मुल गेटमा रहेका प्रहरी । चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहने क्वारेन्टाइनबाट उनीहरु बेपत्ता भएका हुन् । सशस्त्र र नेपाल प्रहरीले उक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको छ ।

    नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई १ नम्बर प्रदेशमा प्रवेश नदिइएपछि दुई सातादेखि क्वारेन्टाइनमा राखिएको छ । सबैको भोजनको खर्च तथा सुत्नेबस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिकाले खर्च बेर्होदै आएको छ ।

    बुधबार राति एउटा कोठामा रहेका १९ जना गायब भएको सूचना क्वारेन्टाइनमा रहेका अन्यले बिहीबार बिहानमात्र थाहा पाएका थिए । गायब भएका सबैको जुत्ता, चप्पल र ब्याग कोठामै रहेको छ । उनीहरुको सामान्य ज्वरो जाँच्ने काममात्रै भएको थियो ।‘आफै भागेर कोही जान सक्ने अवस्था छैन, प्रहरीको यत्रो डयुटी छ,’ क्वारेन्टाइनमा रहेका बिहारका मुकेशकुमारले भने, ‘उनीहरुलाई खोज्नु अब नेपाल सरकारको दायित्व हो ।’

    कोसी ब्यारेज प्रदेश नम्बर १ र २ को बोर्डर हो । गायब भएकाहरु सुनसरी प्रवेश गरेका छैनन् । कोसीमा रहेका सबै डुंगा स्थानीय तह र प्रहरीले नियन्त्रणमा राखेकाले उक्त विकल्प प्रयोग जान सक्ने अवस्था पनि नरहेकाले घटना शंकास्पद रहेको स्थानीय बासिन्दाले बताए । उनीहरु नेपालकै कुनै बस्तीमा गएर लुकेको हुन सक्ने पनि उनीहरुको भनाइ छ । ‘उनीहरुको कोरोना परीक्षण पनि गरिएको थिएन । यसले नेपाली बस्तीतर्फ जोखिम बढ्यो,’ एक स्थानीयले भने, ‘प्रहरीको लापरबाहीले यस्तो भयो ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार