२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरीलाई स्थानियले ढुंगा मुडा गरेपछि हवाई फायर


१८०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • २७ वैशाख, चितवन । गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा आक्रमण भएको छ । प्रतिकारस्वरुप एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको बेला शुक्रबार राति करिब साढे ९ बजेतिर चौकीडाँडामा स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए ।

    आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यादवको अवस्था मध्यम छ । अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय भण्डाराको बा १ झ ७४६५ र रत्ननगर नगरपालिकाको बा १२ च २७१ र नम्बरको गाडीमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको उनले बताए ।

    आक्रमणमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चराम घलान र ३५ वर्षीय धनबहादुर घलान छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार