२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

प्रधानमन्त्रीको राजीनामा माग्दै अन्दोलनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले झ्याप


१८८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- भारत सरकारले नेपाली भूमि लिपुलेक मानसरोबर यात्रा गर्ने सडक खनेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ । शनिवार माइतीघर मण्डलामा लकडाउनको उल्लंघन गर्दै भेला भएका युवाहरुले भारतीय कदमको विरोध गर्दै नेपाल सरकारलाई खबरदारी गरे ।

    उनीहरु ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत माग गरेका थिए । उनीहरुले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए । प्रदर्शनमा उत्रिएका युवाह?लाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उक्त सडक बनाएको विरोधमा सत्ता?ढ दल सम्बध्ध केही युवाले भारतीय दूतावास अघि प्रदर्शन गरेका थिए ।

    भारतीय दूतावास अगाडि प्रदर्शनमा उत्रिएका ३३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको लकडाउन उल्लङ्घन गरेकाले उनीहरुलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । विद्यार्थी राष्ट्रिय झण्डासहित प्लेकार्ड बोकेर सो दूतावास अगाडि प्रदर्शन गर्न पुगेका थिए ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थीले यसरी प्रदर्शन गरेका जनाइएको छ । सोही क्रममा विद्यार्थी नेता सुदेश पराजुली, यशु लामा, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईंलगायत ३३ जना पक्राउ परेका हुन् ।

    नेपालको भूगोलमा रहेको लिपुलेक, कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्र्याकको उद्घाटन गरेको समाचार भारतका सङ्घीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार