२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अष्ट्रेलियामा लकडानउन खुकुलो,क्याफे लगायतको व्यसाय खुल्ला


१७७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • सजीना मैनाली
    अष्ट्रेलिया – कोरोना भाइरसको महामारी फैलिएपछि त्यसको संक्रमणबाट जोगिन अष्ट्रेलियाले जारी राखेको लकडाउनलाई खुकुलो बनाउने तयारी गरेको छ ।शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन खुकुलो बनाउदै जनजीवन सामान्य बनाउने प्रधानमन्त्री मोरिसनले घोषणा गरेलगत्तै त्यसको तयारी थालिएको हो ।लकडाउन खुकुलो बनाउन ३ चरणका योजना सार्वजनिक गरिएका छन् । पहिलो चरणमा १० जना सम्म भेला हुन र ५ जना सम्म पाहुनालाई आफ्नो घरमा बोलाउन वा भेटघाट गर्न सकिने भएको छ ।
    यस्तै बन्द अवस्थामा रहेका क्याफे, पार्क तथा जिमखानाहरु आंशिक खुला गरिने छन् । मृत्यु संस्कारका लागि ३० जना सम्म बाहिर र भित्र १० जना भेला हुन पाईने छ । यस्तै दोस्रो चरणमा ३० जना सम्मलाई भेला हुन दिनेगरीको तयारी सुरू गरिएको प्रधानमन्त्री मोरिसनले जानकारी दिए । एक राज्यबाट अर्को राज्यमा प्रवेश गर्न लगाईएको प्रतिबन्ध पनि दोस्रो चरणमा खुला गर्ने तयारी भएको छ ।यस्तै तेस्रो चरणमा एक सय जना सम्मलाई भेला हुन दिने योजना सार्वजनिक गरिएको छ । यावत अवस्था कार्यान्वयनमा पुगे जनजीवन सामान्य हुने अष्ट्रेलियाको संघीय सरकारको ठहर छ ।अष्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९ सय २९ संक्रमित भएको मध्य ६ हजार १ सय ३४ उपचार भैसकेको र ९७ जनाको मृत्यु भएको छ भने ६ सय ९८ जना अस्पतालमा उपचार गराउंदै गरेको हाम्रो अष्ट्रेलिया स्थित समाचार दाता सजीना मैनालीले जानकारी गराउनु भएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार