२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पूर्व एआईजी श्रेष्ठ पक्राउ


२०१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ बैशाख २८, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — प्रहरीले सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको छ ।

    नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक खनेपछि त्यसको विरोध गर्दै सडकमा उत्रिएका श्रेष्ठ र बस्‍नेतलाई शनिबार दिउँसो महाराजगन्‍जबाट प्रहरीले पक्राउ गरेको हो । दुवै पूर्वसुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ ।

    महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्‍वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको बताए । यसअघि लिपुलेकमा सडक खनेको विरोधमै प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले राजधानीको विभिन्‍न स्थानबाट पक्राउ गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार